×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आइपिएल : रोमान्चक खेलमा बेंगलोर एक रनले बिजयी

आइपिएल : रोमान्चक खेलमा बेंगलोर एक रनले बिजयी

एजेन्सी - इन्डियन प्रिमियर लिग क्रिकेटमा रोयल च्यालेन्जर्स बेंगलोरले  दिल्ली क्यापिटल्समाथि १ रनको रोमाञ्चक जित निकालेको छ । यो जितसँगै बेंगलोर शीर्षस्थानमा उक्लिएको छ ।

जितको लागि १ सय ७२ रनको विजयी लक्ष्य पछ्याएको दिल्लीले २० ओभरमा ४ विकेट गुमाउँदै १ सय ७० रन बनायो । दिल्लीलाई जितको लागि अन्तिम ओभरमा १४ रन चाहिएको थियो । मोहम्मद शिराजले १२ रन खर्चिदै रोमाञ्चक जित दिलाएका हुन् । सुरुवाती दुई बलमा योर्करका साथ शिराजले १–१ रन दिए । तेस्रो बलमा पन्तलाई बल डट राखेपछि बेंगलोरको सम्भावना बढेको थियो । चौथो बलमा पन्तले दुई रन बटुलेका थिए । अन्तिम दुई बलमा १० रन चाहिँएको थियो । ऋषभ पन्तले लगातार दुई चौका प्रहार गरेपनि टोलीको झिनो हार टार्न सकेनन् ।

दिल्लीका कप्तान ऋषभ पन्त ४८ बलमा ६ चौका ५८ रनमा अविजित रहे । शिम्रन हेटमायर २५ बलमा २ चौका र ४ छक्का सहित ५३ रनमा अविजित रहेपनि टोलीलाई जिताउन सकेनन् । हेटमायरले ब्यक्तिगत १५ रनमा क्याच ड्रप हुँदा जीवनदान पाएका थिए । काइल जामिसनको १६ औं ओभरको पहिलो बलमा लङअनमा देवदत्त पाडिक्कलले क्याच ड्रप गरेका थिए ।

तीव्र गतिका बलर काइल जामिसनले तेस्रो ओभरको तेस्रो बलमा ओपनर शिखर धवनलाई युजभेन्द्र चहलबाट ६ रनमा क्याच आउट गराएका थिए । एक ओभरपछि मोहम्मद शिराजले स्टिभ स्मिथलाई ४ रनमा एवि डिभिलियर्सबाट क्याच गराउँदै पेभिलिएन फर्काए । ओपनर पृथ्वी शालाई हर्षल पटेलले २१ रनमा क्याच आउट गराए । शाले १८ बलमा ३ चौका प्रहार गरे । मार्कस स्टोइनिस १७ बलमा ३ चौका सहित २२ रनमा क्याच आउट भए ।

बेंगलोरका हर्षल पटेलले ४ ओभरमा ३७ रन खर्चेर २ विकेट लिए । मोहम्मद शिराज र काइल जामिसनले १–१ विकेट लिए ।

त्यसअघि अहमदाबादमा टस हारेर पहिला ब्याटिङ थालेको बेंगलोरले निर्धारित २० ओभरमा ५ विकेटको क्षतिमा १ सय ७१ रन बनाएको थियो । बेंगलोरका एवी डिभिलियर्स ४२ बलमा ३ चौका र ५ छक्का सहित सर्वाधिक ७५ रनमा अविजित रहे । बंगलोरलाई बलियो योगफलमा पुर्याउन अन्तिम ओभरमा मार्कस स्टोइनिसलाई ३ छक्का सहित कुल २३ रन जोडेका थिए ।

चौथो ओभरको अन्तिम बलमा तीव्र गतिका बलर आवेश खानले कप्तान विराट कोहलीलाई १२ रनमा बोल्ड आउट गर्दै दिल्लीलाई पहिलो सफलता दिलाएका थिए । लगत्तै पाँचौं ओभरको पहिलो बलमा इशान्त शर्माले देवदत्त पाडिक्कललाई १७ रनमा बोल्ड आउट गरेका थिए । पाडिक्कलले १४ बलमा ३ चौका प्रहार गरे ।

ग्लेन म्याक्सवेल २० बलमा १ चौका र २ छक्का सहित २५ रनमा क्याच आउट भए । रजित पातिदर २२ बलमा २ छक्का सहित ३१ रन बनाए । वासिन्टन सुन्दर ६ रनमा आउट हुँदा ड्यानियल साम्स ३ रनमा अविजित रहे । दिल्लीका ईशान्त शर्मा, अमित मिश्रा, अक्षर पटेल, आवेश खान र कागिसो रबाडाले १–१ विकेट लिए ।

यो जितसँगै बेंगलोर ६ खेलमा ५ मा जित र १ मा हार सहित १० अंकका साथ शीर्ष स्थानमा उक्लिएको छ । चेन्नई ५ खेलमा ४ मा जित र १ मा हार सहित ८ अंकका दोस्रो शीर्षस्थानमा छ । दिल्ली ६ खेलमा ४ मा जित र २ मा हार सहित ८ अंक भएपनि नेट रनरेटको आधारमा तेस्रो स्थानमा छ । मुम्बई ५ खेलमा ३ मा जित र २ मा हार सहित चौथो स्थानमा छ । कोलकाता ६ खेलमा ४ मा हार र २ मा जित सहित पाँचौ स्थानमा छ । पन्जाब छैटौं, राजस्थान रोयल्स सातौं र सनराइजर्स हैदराबाद पुछारमा छन् ।
 दिल्लीले विहिबार कोलकातासँग खेल्ने छ । बंगलोरले शुक्रबार पन्जाबसँग खेल्ने छ ।

प्रतिकृया दिनुहोस्