×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

लोडसेडिङ अन्त्य हुनुमा मुकेश काफ्ले र भारतको ठूलो योगदान छ : ऊर्जामन्त्री खड्का

लोडसेडिङ अन्त्य हुनुमा मुकेश काफ्ले र भारतको ठूलो योगदान छ : ऊर्जामन्त्री खड्का

काठमाडौं - ऊर्जामन्त्री दीपक खड्काले लोडसेडिङ हटाउने श्रेय नेपाल विद्युत् प्राधिकरणका तत्कालीन कार्यकारी निर्देशक मुकेश काफ्ले र भारतलाई जाने बताएका छन् ।

संसद्‌मा बिहीबार सांसदहरूको प्रश्नको जवाफ दिँदै खड्काले भारतसँग जोड्ने पूर्वाधार तयार पार्न काफ्लेको महत्त्वपूर्ण योगदान रहेको बताए ।

“आन्तरिक माग उत्पादनले धान्न नसकेपछि लोडसेडिङ गर्नुपर्ने बाध्यता परेको थियो,” खड्काले भने, “भारतबाट विद्युत् खरिदको विकल्प थिएन । पूर्वाधारको रूपमा रहेको ट्रान्मिसन लाइन निर्माण माननीय ज्ञानेन्द्रबहादुर कार्की र एमडी मुकेश काफ्लेको योगदान महत्त्वपूर्ण थियो ।”

लोडसेडिङ हटाउने श्रेय हालका कार्यकारी निर्देशक घिसिङले लिएर हिँडेको भन्दै खड्काले असन्तुष्टि जनाए । 

प्रतिकृया दिनुहोस्