×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आजदेखि बीमा प्राधिकरण

आजदेखि बीमा प्राधिकरण

काठमाडौं- बीमा कम्पनीहरुको नियामक निकाय अर्थात् नियमन गरिरहेको बीमा समिति आज मंगलबारबाट बीमा प्राधिकरणमा रूपान्तरण हुने भएको छ । बीमा ऐन २०७९ कार्यान्वयनमा आएसँगै समितिको सम्पूर्ण कामकारबाही प्राधिकरणमा रूपान्तरण भएको हो ।

भदौ ३१ गते प्रतिनिधि सभा अर्थात् संघिय संसद्बाट पारित भएको बीमा विधेयक असोज २२ गते राष्ट्रपति विद्यादेवी भण्डारीले प्रमाणीकरण गरेकी थिइन् । राष्ट्रपतिबाट प्रमाणीकरण भएको १ महिनामा लागू हुने कानुनी प्रावधानअनुसार बीमा ऐन मंगलवारबाट लागू हुने बीमा समितिले जनाएको छ । मंगलवार एक कार्यक्रमको आयोजना गरी समितिलाई प्राधिकरणमा रूपान्तरण भएको औपचारिक घोषणा गरिनेछ ।

प्रतिकृया दिनुहोस्