×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाइ

नवनिर्वाचित राष्ट्रपति पौडेललाई सभापति देउवाको बधाइ

काठमाडौं-नेपाली कांग्रेसका सभापति एवम् पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले नवनिर्वाचित राष्ट्रपति रामचन्द्र पौडेललाई बधाइ दिनुभएको छ ।

राष्ट्रपति निर्वाचनको परिणाम सार्वजनिक भएलगतै सामाजिक सञ्जालमार्फत सभापति देउवाले भन्नुभएको छ –राष्ट्रपतिमा निर्वाचित हुनुभएकोमा मेरा मित्र रामचन्द्र पौडेलजीलाई हार्दिक बधाई ।

आज (बिहीबार) भएको निर्वाचनमा पूर्व सभामुख एवम् नेपाली कांग्रेस वरिष्ठ नेता पौडेल देशको चौथो राष्ट्रपतिमा निर्वाचित हुनुभएको हो ।

प्रतिकृया दिनुहोस्