×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘गठबन्धनले देउवाको विकल्प खोजोस्’ : खिमलाल भट्टराई

‘गठबन्धनले देउवाको विकल्प खोजोस्’ : खिमलाल भट्टराई

काठमाडौं- राष्ट्रिय सभामा नेकपा एमालेका नेता खिमलाल भट्टराईले कुनै नैतिकता जनार्दन शर्मालाई अर्थमन्त्री नमान्ने बताएका छन् । एक टेलिभिजन अन्तवार्तामा नेता भट्टराईले भने, “अर्थमन्त्री जनार्दन शर्माले बिचौलिया राखी बजेट बनाएर ठूलो अपराध गर्नुभएको छ । उहाँसँग हामीले संसदीय मूल्य, मान्यता र नैतिकताको अपेक्षा गरेका थियौं । उहाँमा अलिकति पनि नैतिकता भएको भए राजीनामा गर्नुपथ्र्यो । सीसीटीभी फुटेज एमालेलाई नदेखाए पनि जनतालाई देखाउनुस्, संसद्लाई देखाउनु भनेका हौं । उहाँलाई हामी अर्थमन्त्री मान्न अस्वीकार गरेका छौं । उहाँ पदमा बसिरहनु र मान्नु फरक हो ।”

अर्थतन्त्र टाट पल्टनुमा अर्थमन्त्री शर्मा जिम्मेवार भएको आरोप पनि उनले लगाए । भट्टराईले भने, “अर्थतन्त्र टाट पल्टन लागेको छ । लाज छोप्न उहाँले इतिहासतिर फर्काउनु भएकोछ । केपी शर्मा ओलीको नेतृत्वमा सरकार छउन्जेल अर्थतन्त्रको सूचक राम्रै थियो । वल्र्ड बैंक र आईएमएफले कम्युनिस्ट सरकारको माया लागेर त्यत्तिकै भनेको त होइन होला नि । ठगबन्धन सरकारले अर्थतन्त्रलाई धरापमा पारेको छ । त्यसको मुख्य कारक अर्थमन्त्री हो ।”

प्रधानमन्त्री शेरबहादुर देउवालाई गठबन्धन जोगाउनुबाहेक अरु कुरामा ध्यान नभएको पनि उनले बताए । भट्टराईले थपे, “प्रतिनिधिसभाको गतिहीनताका कारण १२ वटा बिल फिर्ता गएको छैन । सदनलाई कार्यसूची दिने सत्तापक्षको जिम्मेवारी हुन्छ । तर राष्ट्रिय सभामा नेपाली कांग्रेसको दलको नेतै छैन । तीन समितिको सभापति खाली छ ।

शेरबहादुर देउवालाई आफ्नो सत्ता जोगाउनका लागि गठबन्धन नटुटोस् भन्नेबाहेक अरुमा ध्यान छैन । संसद, सरकार, अर्थतन्त्र, परराष्ट नीति कुन राम्ररी चलेको छ रु त्यसैले हामीले अलिकति भए पनि केही आशा जाग्छ कि भनेर गठबन्धनले देउवाको विकल्प खोजोस् भनेका हौं ।”

एमाले नेता भट्टराईले ओलीको पालामा काठमाडौं बासना आउने बनेको दाबी पनि गरे । उनले भने, “हामीले बासना आउने काठमाडौं बनाएका थियौं । चिल्ला सडक बनाएका थियौं । जताततै फूल उमारेका थियौं ।

उहाँहरुले फोहोरै फोहोर बनाइदिनुभयो । एक दिन पनि यो सरकार रहनु देशको बरबादी हो । समयमै चुनाव गर्नुपर्छ । विकल्प नेकपा एमाले नै हो । ‘एमाले आऊ, परिवर्तन जोगाऊ’ भन्ने नाराका साथ जनतामा जान हामी आतुर छौं ।”

प्रकाशित मिति स् असार १४, २०७९ मंगलबार  ३ स् ५७ बजे

प्रतिकृया दिनुहोस्