काठमाडौं- चितवनको भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहाल सवारी दुर्घटनामा घाइते भएकी छन्। उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ।
दाहालको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको ललितपुर प्रहरीले जनाएको छ। दाहाल सवार प्रदेश ३-०१-०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो।
टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ। दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ।