×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

‘प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय

‘प्रचण्डलाई विश्वासको मत दिने काँग्रेसको निर्णय

काठमाडौँ- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई विश्वासको मत दिने प्रस्ताव नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले गरेका छन् । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले पार्टी पदाधिकारी बैठकमा यस्तो प्रस्ताव गरेको बैठकमा सहभागी एक नेताले बताए ।

मंगलबार नयाँ बानेश्वरमा बसेको केन्द्रीय कार्यसम्पादन समितिको बैठकले प्रधानमन्त्री प्रचण्डलाई विश्वासको मत दिने निर्णय गरेको एक नेताले जानकारी दिए। ‘केपी ओलीले सोमबार संसदमा दिएको अभिव्यक्तिलाई काउन्टर एट्याक गर्दै प्रचण्ड सरकारलाई विश्वासको मत दिने निर्णय भएको छ,’ ती नेताले भने। विश्वासको मत दिए पनि कांग्रेस प्रतिपक्षमा बस्ने उनले बताए।  संसदीय दलको बैठकबाट विश्वासको मत दिने अन्तिम निर्णय गरिनेछ ।

प्रतिकृया दिनुहोस्