×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

तीनवटा मोटरसाईकल जुध्दा एक जनाको मृत्यु, चारजना घाइते

तीनवटा मोटरसाईकल जुध्दा एक जनाको मृत्यु, चारजना घाइते

सुनसरी- सुनसरीको बरहाक्षेत्रमा सवारी दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ। बराहक्षेत्र नगरपालिका–३ स्थित सडक खण्डमा मोटरसाईकल दुर्घटना हुँदा १ जनाको मृत्यु भएको हो । 

४ जना घाईते भएका छन । मृत्यु हुनेमा को १७ प ६९४४ नम्वरको मोटरसाईकल चालक बेलबारी नगरपालिका–२ का ३५ बर्षीय हर्क बहादुर राई रहेको प्रहरीले जनाएको छ। उनको उपचारको क्रममा धरान घोपामा मृत्यु भएको हो ।

प्रदेश १–०२–०४३ प १७१, को ३८प ९२१० र को १७ प ६९४४ नम्वरको मोटरसाईकलहरु आपसमा जुध्दा दुर्घटना भएको प्रहरीले जनाएको छ। घाईते भएका बराहक्षेत्र–१ का ३३ बर्षीय रंजित कार्की, ३५ बर्षीय सुभास श्रेष्ठ, सुन्दरहरैचा–२ का ३८ बर्षीय हेमचन्द्र गुरागाई र २६ बर्षीय इन्दिरा गुरुङको वीपी कोईराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान घोपामा उपचार भईरहेको छ । घटना सम्वन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट थप अनुसन्धान भईरहेको प्रदेश प्रहरी कार्यालय विराटनगरले जनाएको छ।

प्रतिकृया दिनुहोस्