×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

सिन्धुली काँग्रेस पार्टी सभापतिमा पोखरेलको उमेद्वारी

सिन्धुली काँग्रेस पार्टी सभापतिमा पोखरेलको उमेद्वारी

नेपाली काँग्रेसका यूवा नेता एवं पूर्व पार्टी सचिव उपेन्द्रकुमार पोखरेल (उज्वल) ले पार्टी सभापतिमा उमेद्वारी घोषणा गरेका छन। नेपाली काँग्रेसको १४ औं महाधिवेशन अन्तर्गत हुने जिल्ला अधिवेशनमा पोखरेलले जिल्ला पार्टी सभापतिमा उमेदवारी घोषणा गरेका हुन् ।

१३ औं महाधिवेशनमा पनि सभापतिको उमेदवार वन्न लागेका पोखरेल सहमतीमा त्याग गरि सदस्यपदमा मात्र निर्वाचित भएका थिए । नेविसंघ र तरुण दलका अध्यक्षको नेतृत्व गरिसकेका निडर र हक्की स्वभावका पोखरेल यसअघि पार्टी सचिवको रुपमा काम गरिसकेका छन् ।

यूवा पुस्ताको नेतृत्वबाट पार्टीलाई चलायमान बनाउनलागि मेरो सभापतिमा उमेदवारी हो पोखरेलले भने, “काँग्रेस पार्टीलाइ सबैको बनाउन र सबैले अपनत्व ग्रहण गर्न लायक बनाउन मेरो विजय सुनिश्चित छ ।” “काँग्रेसको संगठनलाई ७९ वडाको कुनाकन्दरामा पुर्‍याएर धक फुकाएर काँग्रेस हुँ भन्ने प्रत्येक काँग्रेसजनले गर्व गर्न लायक बनाउने मेरो प्रमुख लक्ष छ”, उनले थपे ।

मैले पटक–पटक त्याग गरेको छु, काँग्रेसको संगठनका लागि जहाँ पनि पुगेको छु, उनले भने, “ मेरो उमेदवारीले काँग्रेस जनमा थप उर्जा थपिएको छ । म प्रत्येक काँग्रेस जनको मन मुटुमा बसेको छु ।” आफु पछि कुनै हालतमा पछि नहट्ने उनले घोषणा गरेका छन् । माओवादी द्धन्दको समयमा जिल्लामा काँग्रेस जोगाउन उनको महत्वपूर्ण भुमिका रहेको थियो।

प्रतिकृया दिनुहोस्