×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

भुज छायांकनमा दैनिक ५० लाख बढी खर्च

भुज छायांकनमा दैनिक ५० लाख बढी खर्च

भारतीय स्वतन्त्रता दिवस, अगस्ट १५ मा प्रदर्शन हुन लागेको अजय देवगणको ‘भुज: प्राइड अफ इन्डिया’ चलचित्रको एक्सन सिक्वेन्समा ठुलो रकम खर्च भएको छ । यस चलचित्रमा सेना र एयरफोर्सको एक्सन सिक्वेन्स छ । उक्त सीनलाई प्रभावकारी बनाउन ठुलो बजेट लगानी गरिएको छ । ‘१९७१ को समयमा सेनासँग कम हतियारहरू थिए । उनीहरूले प्रशिक्षण पनि कम हतियार र दिमागको अधिक प्रयोग गरेर गर्ने गर्थे । यो दृश्यलाई पर्दामा देखाउन धेरै पैसा खर्च भएको छ‚’ निर्माण टिमकै एक सदस्यले भने ।

पुल भाँचिएको दृश्यका लागि ६० हजार लिटर पानीको प्रयोग
अजय देवगणको निकट स्रोतका अनुसार पुल भाँचिएको दृश्य चलचित्रमा समेटिएको छ । यो दृश्य पहिले पनि छायाङ्कन गरिएको थियो, तर सम्पादनमा जाँदा खासै प्रभावकारी देखिएन । भीएफएक्स टिमले पनि चित्त बुझाएन । त्यसैले रामोजी फिल्म सिटीमा यो दृश्य पुनः छायाङ्कन गरियो । भारतीय सेनाले उक्त पुललाई बम विस्फोट गरेर उडाउनुको साटो यसका लागि पानीमा बग्ने ज्वारको प्रयोग गर्छ । पानीको त्यो शक्ति देखाउन ६० हजार लिटर पानी सङ्कलन गरेर पुललाई भाँचिएको दृश्य खिचिएको छ ।

एक सीन छायाङ्कनका लागि १०० किलो सुक्खा खोर्सानी

प्रोडक्सन टोलीका एक सदस्यका अनुसार एउटा सीनमा अजय देवगणको चरित्रले पाकिस्तानभरि हतियारको तस्करी खुर्सानीको बोरामा भइरहेको थाहा पाउँछ । अजय उसलाई रोक्न एक्लै त्यहाँ पुग्छन् । यो घटनाको दृश्य मुम्बईको एउटा गोदाममा छायाङ्कन गरिएको छ । जहाँ १०० किलो सुक्खा खोर्सानी भुईंमा फैलिएको देखाइएको छ । अजय देवगण सोही खुर्सानीमाथि हिँडेर तस्करहरूलाई पक्रन्छन् । यो सीन गर्दा अजयको आँखामा खुर्सानीसमेत परेको थियो ।

भारतीय सेनाबाट सहयोग
चलचित्र निर्माताहरूले भारतीय सेनाबाट पनि सहयोग लिएका छन् । सेनाले ट्याङ्की र बाँकी हतियार निर्मातालाई दिएको थियो । त्यस्तै बाहिरी प्रयोगको लागि लडाकु विमान दिइएको थियो । कला निर्देशकको समूहले  पछिय पुनः फाइटर प्लेन डिजाइन गरे । यसमा डेढदेखि दुई करोड रुपैयाँ खर्च गरियो । १८०० पाकिस्तानी सेनाको आक्रमणका लागि ३०० जना जुनियर आर्टिस्टको प्रयोग गरियो । जहाँ भीएफएक्स प्रयोग गरी १८०० को सङ्ख्या बनाइएको छ । चलचित्रमा यस्ता धेरै दृश्यहरू छन् । यी सबै कारणले गर्दा, निर्माताहरूले छायाङ्कनमा दैनिक ५० लाख रुपैयाँको हाराहारीमा खर्च भइरहेको बताएका छन् । चलचित्रको छायाङ्कन कुल १०० भन्दा बढी दिन गरिएको थियो ।

चलचित्रमा नोरा फतेहीको भूमिका महत्त्वपूर्ण
नोरा फतेहीले चलचित्रमा डान्सीङ नम्बरका लागि मात्र काम गरेकी छैनन् । यस चलचित्रमा उनको पनि महत्त्वपूर्ण भूमिका छ । नोराले भारतीय सेनाको प्रतिनिधित्व गर्छिन्‚ जो पाकिस्तानी अफिसरको हनी ट्र्यापमा फस्छिन् । पहिलो हाफमा उनको भूमिका छ भने सोनाक्षी सिन्हा दोस्रो हाफबाट चलचित्रमा देखा पर्छिन् । एजेन्सी

प्रतिकृया दिनुहोस्