×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा मानन्धर

कक्षा १२ को परीक्षा तयारीमा करिश्मा मानन्धर

नेपाली फिल्म क्षेत्रकी एकदमै चर्चित सबैको मनमुटुमा बस्न सफल भएकी अभिनेत्री करिश्मा मानन्धरको सक्रियता साह्रै लोभलाग्दो रहेको छ। अभिनयको क्षेत्रमा मात्र नभई उनि अन्य क्रियाकलापमा पनि उतिनै पोक्त रहेकी छन्। उनी समाजसेवा, ब्यवसाय लगायत धेरै विधामा सक्रिय छिन्। केही समय अघि राजनीतिमा समेत आवद्ध उनले अहिले आफुलाई राजनीतिबाट टाढा भ्रएको बताएकी छन्। मानन्धरले केही दिन पहिले देखि अन्तर्राष्ट्रिय इन्टेक्स ब्राण्डका इलेक्ट्रोनिक्स सामानको व्यवसाय नेपालमा सञ्चालन गरेकी छन् । रिसिक ट्रेडिङ कन्ट्रक्सन प्रालिमार्फत उनी इन्टेक्स ब्राण्डका सामानका लागि नेपालको आधिकारिक बिक्रेता बनेकी छन्। करिश्माले केही दिन अगाडि व्यवसाय घोषणा कार्यक्रममा विश्व बजारमा आफूलाई स्थापित गर्न सफल उक्त कम्पनीबाट उत्पादित सामान गुणस्तर र विस्वासिलो रहेको यहि व्यवसाय रोजेको बताएकी थिइन्। यतिबेला भने करिश्मा स्थगित कक्षा १२ को परीक्षा भदौ ३० गतेबाट सुरु हुने भएपछि उनी सबै काम छोडेर परीक्षाको तयारीमा लागेकी छन् । करिश्मा परीक्षामा जुटेको समय व्यापारको काम छोरी कविता र फिल्म, घरको काम श्रीमान् विनोदले हेर्ने बताएकी छन्। ‘रोकिएको कक्षा १२ को परीक्षा फेरि सुरु हुँदैछ’ करिश्माले भनिन्– ‘यो पटक एकदिन पनि स्कुल गएकी छैन , त्यसैले राम्रोसँग पढ्न भ्याएको छैन। ‘अहिले आफु सबै काम छोडेर परीक्षाको तयारीमा जुटेको उनले सुनाइन्। करिश्माले भनिन् ‘परीक्षा सकिएपछि मात्र अन्य काममा समय दिन्छु। ‘अहिले आफुलाई बाहिरको काम धेरै आइरहेको तर असोज ४ गतेसम्म परिक्षा भएकोले सो नसकिएसम्म बाहिरको कुनैपनि कार्यक्रम, प्रोजेक्टमा आफु सहभागी करिश्माले बताएकी छन् । करिश्मा अहिले किटनी कलेज अध्ययनरत छिन्।

प्रतिकृया दिनुहोस्