काठमाडौं - नेपाल क्रिकेट संघ (क्यान)ले बलात्कारको गम्भीर आरोप लागेका क्रिकेटर सन्दीप लामिछानेलाई नेपाली राष्ट्रिय क्रिकेट टोलीबाट निलम्बन गरेको छ ।
नाबालिगलाई बलात्कार गरेको आरोप लागेका नेपाली राष्ट्रिय क्रिकेट टोलीका कप्तान सन्दीप लामिछानेविरुद्ध बिहीबार पक्राउ पुर्जी जारी गरेपछि बसेको क्यानको बैठकले उनलाई निलम्बन गरेको हो ।
जिल्ला अदालत काठमाडौंले बिहीबार बलात्कार आरोपित लामिछानेविरुद्ध पक्राउ पुर्जी जारी गरेपछि उनलाई निलम्बन गरिएको हो ।
‘नेपाल राष्ट्रिय क्रिकेट टिमका कप्तान सन्दीप लामिछाने उपर जबरजस्ती करणी कसुरमा प्रहरी वृत्त गौशालामा जाहेरी परेको र निजउपर थप अनुसन्धान गर्नका लागि सम्मानित काठमाडौं जिल्ला अदालतबाट पक्राउ पुर्जीसमेत जारी भएको अवस्थामा नेपाल क्रिकेट संघको कार्य सम्पादन समितिको निर्णयअनुसार सन्दीप लामिछानेलाई राष्ट्रिय क्रिकेट टिमबाट निलम्बन गरिएको छ‚’ क्यानद्वारा बिहीबार जारी विज्ञप्तिमा भनिएको छ ।
२०७८ मंसिर २९ गते बसेको क्यानको बैठकले उनलाई राष्ट्रिय क्रिकेट टोलीको कप्तानमा नियुक्त गरेको थियो ।