×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

रामचन्द्रलाई जगन्नाथले भने- म फिर्ता हुन्नँ, बरु रेनुलाई फिर्ता गराउनुस्

रामचन्द्रलाई जगन्नाथले भने- म फिर्ता हुन्नँ, बरु रेनुलाई फिर्ता गराउनुस्

काठमाडाैँ- भरतपुर पुगेका कांग्रेस वरिष्ठ नेता रामचन्द्र पाैडेलले बागी उम्मेदवारी दिएका नेता जगन्नाथ पाैडेललाई भेटेका छन् । भेटमा नेता रामचन्द्रले उम्मेदवारी फिर्ता गर्न आग्रह गरेका थिए । तर, जगन्नाथले आफूले आफ्नाे उम्मदेवारी फिर्ता नलिने अडान दाेहाेर्‍याए । 

दुई नेताहरूबीच करिब १०/१५ मिनेट कुराकानी भएकाे थियाे । त्यसक्रममा नेता रामचन्द्रले गजन्नाथलाई उम्मेदवारी फिर्ता लिनका लागि अनुराेध गरेका थिए । तर, जगन्नाथले आफू चुनावी घरदैलाे कार्यक्रममा जानुपर्ने बताउँदै घरबाट हिँडेका थिए । नेता जगन्नाथले भनेका छन्, ‘मैले पुरानै अडान दाेहाेर्‍याएँ । बरु रेनुजीलाई फिर्ता गराउनुस् भनेर भनेँ मैले । कुरा यही हाे ।’

भरतपुर महानगरपालिकामा गठबन्धनका तर्फबाट माओवादी केन्द्रकी नेतृ रेनु दाहाल उम्मेदवार बनेकी छन् । तर, उनलाई चुनाैती दिँदै जगन्नाथले बागी उम्मेदवारी दिएका छन् । उनले पार्टीले आग्रह गर्दापनि उम्मेदवारी फिर्ता लिएका छैनन् । यसपछि उनलाई पार्टीले निष्सकासनसमेत गरिसकेकाे छ ।

प्रतिकृया दिनुहोस्