×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झापामा बस र भ्यान ठाेक्किँदा १ जनाकाे ज्यान गयाे

झापामा बस र भ्यान ठाेक्किँदा १ जनाकाे ज्यान गयाे

काठमाण्डाै - झापाको बाह्रदशी गाउँपालिका–३ मा रहेकाे त्रिवेणी चोकमा बस र भ्यान ठोक्किँदा एक जनाकाे ज्यान गएकाे छ । पाँच जना घाइते भएका छन् । 
दुर्घटनामा परि बाह्रदशी गाउँपालिका- १ भागुडुब्बाका भ्यान चालक ३४ वर्षीय प्रमोदचन्द्र उप्रेतीको ज्यान गएकाे हाे । 
आज बिहान चार पाने राजगढ सडक खण्डमा  प्रदेश १–०१–००१–ख ३५२४ नम्बरकाे बस र मे १ च २२२६ नम्बरको भ्यान ठाेक्किएका हुन् ।  
घाइतेहरु ५५ वर्षीया किमारी निरौला, ५५ वर्षीया गीता घिमिरे, २१ वर्षीया रन्जिता निरौला, १७ वर्षीया दुर्गा घिमिरे र कचनकवल गाउँपालिका–१ बस्ने १२ वर्षीय विशाल पौडेलको बिर्तामोडमा रहेकाे बीएण्डसी अस्तपालमा उपचार भइरहेको छ ।
दुर्घटनामा घाइते भएका भ्यान चालक उप्रेतीको अस्पतालमै उपचारका क्रममा ज्यान गएकाे जिल्ला प्रहरी कार्यालयका प्रवक्ता वसन्त पाठकले जानकारी दिनुभयो । घटनाबारे थप अनुसन्धान भइरहेकाे उहाँले बताउनुभयाे ।

प्रतिकृया दिनुहोस्