×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

बलिउड/हलिउड

दोस्रो विवाह गर्दै कनिका कपुर

दोस्रो विवाह गर्दै कनिका कपुर

काठमाडौं- बलिउड गायिका कनिका कपुर दोस्रो विवाह गर्ने तयारीमा छिन् । कनिका यही मेमा गौतम नामका एनआरआई व्यापारीसँग विवाह गर्दै छिन् । उनको पहिलो विवाह पनि एनआरआई व्यापारीसँग नै भएको थियो । तर, विवाहको लामो समयपछि उनीहरू अलग्गिएका थिए ।

कनिका र गौतम विगत एक वर्षयता डेटमा छन् । उनीहरु लण्डनमा विवाह गर्दै छन् । यद्यपि कनिकाले विवाहको खबरलाई अस्वीकार गरेकी छन् । यो जोडीको पहिलो भेट लण्डनको कुनै एक कन्सर्टमा भएको अनुमान लगाइएको छ ।

कनिकाले सन् १९९७ मा लण्डनमा बस्दै आएका एनआरआई व्यापारी राज चण्डोकसँग विवाह गरेकी थिइन् । उनीहरुले सन् २०१२ मा सम्बन्धविच्छेद गरेका थिए । उनीहरूको तीन सन्तान छन् । गायिका कनिका सुपरहिट गीत ‘बेबी डोल’बाट चर्चामा आएकी हुन् ।

प्रतिकृया दिनुहोस्