×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

एकिकृत समाजवादीका मन्त्रीहरु, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

एकिकृत समाजवादीका मन्त्रीहरु, कसलाई कुन मन्त्रालयको जिम्मेवारी ?

काठमाडौं- शेर बहादुर देउवा नेतृत्वको सरकारमा सहभागी गराउने मन्त्रीहरुको सूचीमा नेकपा (एकिकृत समाजवादी)बाट रामकुमारी विरोध खतिवडादेखि रामकुमारी झाँक्रीसम्मको नाम परेको छ । धेरै पहिलेदेखि चर्चामा रहे पनि शुक्रबार बिहान बसेको एकिकृत समाजवादीको केन्द्रीय सचिवालयको बैठकले मन्त्री बन्नेहरुको नाम अनुमोदन गरेको हो ।

एकीकृत समाजवादीको बैठकले आफूले पाएका चार मन्त्रालय क्रमशः शहरी विकासमा विरोध खतिवडा, स्वास्थ्यमा रामकुमारी झाँक्री, पर्यटनमा प्रेम आले र श्रममा किसान श्रेष्ठलाई पठाउने निर्णय गरेको छ । प्रधानमन्त्री शेरबहादुर देउवाले आजै मन्त्रिपरिषदलाई पूर्णता दिने तयारी छ । २९ असारमा सरकारको नेतृत्व सम्हालेका प्रधानमन्त्री शेरबहादुर देउवाले यसअघि किस्ता किस्तामा गरी पाँच मन्त्री र एक राज्यमन्त्री बनाएका थिए ।

प्रतिकृया दिनुहोस्