×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

खेलकुद

आईपिएल २०२४ : उद्घाटन खेलमा चेन्नईसँग बैंग्लोर पराजित

आईपिएल २०२४ :  उद्घाटन खेलमा चेन्नईसँग बैंग्लोर पराजित

काठमाडौं - साविक विजेता चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आईपीएल)मा विजयी शुरूआत गरेको छ। शुक्रबार सम्पन्न उद्धघाटन खेलमा रोयल च्यालेन्जर्स बैंग्लोरलाई ६ विकेटले पराजित गर्दै चेन्नईले विजयी शुरूआत गरेको हो।

बैंगलोरले दिएको १७४ रनको लक्ष्य पछ्याएको चेन्नईले १८.४ ओभरमा ४ विकेट गुमाउँदै १७६ रन बनायो। चेन्नईका शिवम दुबेले अविजित रहँदै ३४ रन बनाए। उनले २८ बलमा ४ चौका र १ छक्का प्रहार गरे। रविन्द्र जडेजाले १७ बलमा १ चौकासहित अविजित रहँदै २५ रन बनाए। 

उनीहरूबीच पाँचौँ विकेटका लागि ३७ बलमा ६६ रनको साझेदारी भएको थियो। 

चेन्नईले पहिलो विकेट चौथो ओभरको अन्तिम बलमा गुमायो। यश दयालले फ्याँकेको बललाई प्रहार गर्नेक्रममा एज लागेर कप्तान ऋतुराज गायकवाड १५ रनमा आउट भए। उनी फस्ट सिल्पमा क्यामरून ग्रिनबाट क्याच आउट भए।

सातौँ ओभरको अन्तिम बलमा अर्का ओपनर रचिन रविन्द्र पनि डिप स्क्वायरमा रजत पाटिदारबाट क्याच आउट भए। उनले १५ बलमा ३ चौका र ३ छक्कासहित सर्वाधिक ३७ रन बनाए। 

करण शर्माको बलबाट आउट हुनुभन्दा अगाडि उनले दोस्रो विकेटका लागि अजिंक्य रहाणेसँग १८ बलमा ३८ रनको साझेदारी गरेका थिए। 

रहाणे ११औँ ओभरको दोस्रो बलमा पुल खेल्ने धुनमा ग्लेन म्याक्सवेलबाट स्क्वायर लेगमा कयाच आउट भए। उनले १९ बलमा २ छक्कासहित २७ रन बननाए।

डेरिल मिचेल १८ बलमा २ छक्कासहित २२ रन बनाएर आउट हुँदा स्कोरबोर्डमा चेन्नई १२.३ ओभरमा ४-११० को स्थितिमा थियो। तर, इम्फ्याक्ट प्लेअर शिवम र जडेजाले इनिङ्स उकास्दै निर्धारित २० ओभर सकिँन ८ बल बाँकी रहँदा नै चेन्नईलाई जित दिलाए।

बैंग्लोरका क्यामरून ग्रिनले सर्वाधिक २ विकेट लिए। यश दयाल र करण शर्माको नाममा १/१ विकेट रह्यो।

त्यसअघि एम चिदामबराम क्रिकेट स्टेडियममा टस जितेर पहिला ब्याटिङ थालेको बैंग्लोरले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै १७३ रन बनायो। 

चेन्नईका लागि रावतले २५ बलमा ४ चौका र ३ छक्कासहित ४८ रन बनाए। कार्तिक भने २६ बलमा ३ चौका र २ छक्कासहित ३८ रन बनाउँदै अविजित रहे।

११.४ ओभरमा ५-७८ को स्थितिमा रहेको बैंग्लोरको इनिङ्स रावत र कार्तिकले ५० बलमा ९५ रनको साझेदारी गर्दै उकासेका थिए। रावत अन्तिम बलमा महेन्द्रसिंह धोनीबाट रन आउट भए।

पहिलो विकेटका लागि विराट कोहली र कप्तान फाफ डू प्लेसीले ४१ रनको साझेदारी गरेका थिए। तर, पाँचौँ ओभरको तेस्रो बलमा डिप फरवार्डमा डू प्लेसीलाई रचिन रविन्द्रले उत्कृष्ट ड्राइभ गर्दै क्याच आउट गराए। 

सोही ओभरको अन्तिम बलमा रजत पाटिदार ३ बल खेल्दै विकेटकिपर महेन्द्रसिंह धोनीबाट कट बिहान्ड आउट भए। डू प्लेसी र रजत दुवैको विकेट मुस्ताफिजुर रहमानले लिएका हुन्।

छैटौँ ओभरको तेस्रो बलमा ग्लेन म्याक्सवेल अफ स्टम्प बाहिर खेल्ने क्रममा बिट हुँदा धोनीबाट आउट भए। उनी गोल्डेन डक भएका हुन्।

चौथो विकेटका लागि ओपनर विराट कोहली र क्यामरून ग्रिनबीच ३५ बलमा ३५ रनको साझेदारी भएको थियो। तर, १२औँ ओभरको दोस्रो बलमा रचिनले स्क्वायर लेगबाट दौडिएर विराटले प्रहार गरेको बल समाते। 

विराटले २० बलमा १ छक्कासहित २१ रन बनाए। सोही ओभरको चौथो बलमा ग्रिन रहमानको बलमा बोल्ड भए। उनले २२ बलमा १ चौकासहित १८ रन बनाए। चेन्नईका मुस्ताफिजुर रहमानले सर्वाधिक ४ विकेट लिए। 

४ ओभर बलिङ गरेका उनले २९ रन खर्चिए। दिपक चाहरको नाममा १ विकेट रह्यो।

प्रतिकृया दिनुहोस्