×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

ओलीले आफ्ना समुहका ८ सांसद सहित ३३ सांसदको गुमाए साथ्

ओलीले आफ्ना समुहका  ८ सांसद सहित ३३ सांसदको गुमाए साथ्

काठमाडौं - नेपाल कम्युनिष्ट पार्टी एमालेमा केपी ओली पक्षका सांसदले देउवालाई मत दिने अपेक्षा नै थिएन । अर्कोतर्फ माधव नेपाल पक्षका सांसदले देउवालाई मत नदिने अपेक्षा थिएन । तर, आइतबार राति प्रतिनिधि सभामा मतदान दिँदा ओली पक्षका ८ जना सांसदले प्रधानमन्त्री शेरबहादुर देउवाको पक्षमा मतदान गरेका छन् ।
त्यस्तै माधव नेपाल समुहमा रहेका ८ सांसद तटस्थ बसेका छन् । सर्वोच्च अदालतमा देउवाको पक्षमा हस्ताक्षर बुझाउनेमा माधव नेपाल पक्षका २३ सांसद थिए । यी मध्ये झलनाथ खनाल दिल्लीमा उपचाररत छन् । नेपाल पक्षका बाँकी २२ मध्ये माधव नेपालसहित १४ जनाले देउवाको पक्षमा मतदान गरे ।

सर्वोच्चमा हस्ताक्षर गर्नेमध्येका घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार,सोमनाथ पाण्डे, दिपक भट्ट, नारायण खतिवडा र झपट रावलले कतैपनि मत दिएनन् ।

उता, केपी ओली पक्षका आठ सांसदले देउवाको पक्षमा मत दिएका छन् । देउवाको पक्षमा मत दिने ओली निकट सांसदहरुमा प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी छन् ।

प्रतिनिधि सभामा नेकपा एमालेका कुल १२१ सांसद रहेका छन् । तीमध्ये ३३ सांसद अध्यक्ष ओलीको विपक्षमा उभिएका छन् । देउवाको पक्षमा भोट हाल्ने माधव समुहका १६, ओली समुहका ८, तटस्थ ८ र झलनाथ खनालसमेत जोड्दा ३३ पुग्छ । 

एमाले सांसद को कता ?

देउवाको पक्षमा मतदान गर्ने ओलीका सांसद : प्रेम आले, हिरा केसी, पार्वती विसंखे, कलिला खातुन, समिमा हुसेन, धनबहादुर बुढा, किसान श्रेष्ठ र विनादेवी बुढाथोकी

तटस्थ बसेका माधव नेपालका सांसद  : घनश्याम भुसाल, सुरेन्द्र पाण्डे, गोकर्ण विष्ट, यज्ञराज सुनुवार,सोमनाथ पाण्डे, दिपक भट्ट, नारायण खतिवडा र झपट रावल  ।

देउवालाई मतदान गर्ने माधव पक्षका सांसद : माधव कुमार नेपाल, विरोध खतिवडा, मुकुन्द न्यौपाने, जीवनराम श्रेष्ठ,कृष्णलाल महर्जन, निरादेवि जैरू, सरला यादव, कल्याणी खड्का,लक्ष्मी चौधरी, माधव नेपाल, रामकुमारी झाँक्री, भवानी प्रसाद खापुङ र पवित्रा निरौला ।

प्रतिकृया दिनुहोस्