काठमाडौं - त्रिभुवन विश्वविद्यालय (IOST) अन्तर्गत सन्चालन हुने BSc CSIT मा प्रवेश परीक्षा रु.१५०० लिएर पुनः बिद्यार्थीहरुलाई Priority फारम भर्ने नाममा रु.५०० IOST ले लिने कुरा विधार्थिहरुको हितमा छैन। विना योजना नाजायज रुपमा परिक्षाको नाममा बिद्यार्थीहरुबाट शुल्क मात्रै लिने कुराले कमाउधन्दामा (IOST) लागेको हो की भन्ने शंका आशंका लाग्नु स्वभाविक नै छ।विधार्थिहरुलाइ सहुलियत गर्दै लैजानुपर्ने बेला झन झन विभिन्न बहानामा शुल्क वृदी गर्ने नियति प्रति ध्यानाकर्षण गराएका छ्न ।विधार्थिहरुबाट लिइएको अनावश्यक शुल्क तत्काल फिर्ता लिदै CSIT पढाइ हुने सबै कलेजहरुमा शुल्कको निश्चित मापदण्ड र निजि तथा सरकारि कलेजहरुमा नियमित छात्रवृति लागु तथा नियगमन गर्दै विधार्थिको भर्ना प्रक्रिया अगाडि बढाउन माग राखेको अनेरास्ववियु अस्कलका अध्यक्ष रुद्रहरी पोखरेलले जानकारी दिए। मागहरुलाइ बेवास्ता गरेमा अनेरास्ववियु आन्दोलनको मैदानमा उत्रीन बाध्य हुने उनिहरुको भनाइ छ।