×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

माओवादीको सुदूरपश्चिममा सरकारलाई निरन्तरता नदिने

माओवादीको  सुदूरपश्चिममा सरकारलाई निरन्तरता नदिने

काठमाडौं-सुदूरपश्चिम प्रदेशका मुख्यमन्त्रीलाई नेकपा माओवादी केन्द्रले विश्वासको मत नदिने भएको छ । माओवादीको प्रदेश संसदीय दलको बैठकले नेपाली कांग्रेसबाट मुख्यमन्त्री बनेका कमलबहादुर शाहलाई विश्वासको मत दिन नसक्ने निर्णय गरेको हो ।

आज (शनिबार) बसेको माओवादी प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्रीमा आलोपालो हुनुपर्ने दाबी गरेको छ । तर यसका लागि कांग्रेसले संवादको वातावरण नबनाएको भन्दै यथास्थितिमा मुख्यमन्त्री शाहलाई विश्वासको मत दिन नसकिने निर्णय गरेको हो ।

शाहले माओवादीको मत पाएनन् भने विश्वासको मत जुटाउन गाह्रो पर्न सक्छ । उनलाई नेकपा एमाले या नागरिक उन्मुक्ति पार्टीले पनि विश्वासको मत दिएनन् भने पद नै खारेज हुन सक्छ । यसअघि विश्वासको मत जुटाउन नसक्दा एमालेबाट मुख्यमन्त्री बनेका राजेन्द्र सिंह रावलले महिनादिनमै कुर्सी छाड्नुपरेको थियो । एमाले अहिले प्रतिपक्षी कित्तामा छ ।

रावलपछि गत माघ २६ गते मुख्यमन्त्री बनेका शाहले भोलि (आइतबार) विश्वासको मत लिने तयारी गरेका छन् ।

प्रतिकृया दिनुहोस्