नेपाली कांग्रेसले राष्ट्रपतिको पछिल्लो कदमबारे निर्णय लिन भोलि बिहान ९ बजेका लागि आकस्मिक बैठक बोलाइएको छ । कांग्रेसले सभापति शेरबहादुर देउवा निवासमा पदाधिकारी तथा पूर्व पदाधिकारीको बैठक बोलाएको हो ।
कांग्रेस केन्द्रीय कार्यालयका मुख्य सचिव कृष्णप्रसाद पौडेलले एक विज्ञप्ति मार्फत सो जानकारी दिएका हुन् । बैठकमा संसदीय दलका सचेतकहरु पनि उपस्थित हुने बताइएको छ । राष्ट्रपति विद्यादेवी भण्डारीले दलहरुलाई शुक्रबार ५ बजेसम्म नयाँ सरकार गठनको आह्वान गरेकी छिन् ।