×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा

झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्ष महतले दिए राजीनामा

काठमाडौँ- गुल्मी क्षेत्र नम्बर २ बाट प्रतिनिधि सभा सदस्यमा नेकपा एकीकृत समाजवादीकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जिताउन नसकेको भन्दै जिल्ला अध्यक्षले राजीनामा दिएका छन् ।

एकीकृत समाजवादीका गुल्मी जिल्ला अध्यक्ष श्रीराम महतले झाँक्री पराजयको नैतिक जिम्मेवारी लिँदै अध्यक्ष पदबाट राजीनामा दिएको घोषणा गरेका हुन् । झाँक्री एमालेका गोकर्ण विष्टसँग पराजित भएपछि सामाजिक सञ्जाल फेसबुकबाट राजीनामा दिएको घोषणा गरेका हुन् ।

गुल्मी क्षेत्र नम्बर २ मा भएको पराजयको नैतिक जिम्मेवारी लिँदै पार्टी अध्यक्ष पदबाट राजीनामा गरेको जानकारी गराउँछु’ महतले उल्लेख  गरेका छन् ।

प्रतिकृया दिनुहोस्