काठमाडाैँ- कलाकार करिश्मा मानन्धरले आफूले लामाे करिअरमा पनि बेस्ट नायिकाकाे अवार्ड नपाएकाे भन्दै गुनासाे गरेकी छन्।
मंगलबार नेपाली कथानक चलचित्र ‘बगान’को शीर्ष गीत ‘उडी छुनु छ आकाश’ सार्वजनिक कार्यक्रममा बाेल्दै कलाकार मानन्धरले यस्ताे गुनासाे गरेकी हुन्।
उनले आफूमा ग्ल्यामरस हिराेइनकाे छाप रहेकाे समेत दावी गरिन्।
उनले भनिन्, ‘उमेरसँगै मानिसले आफूलाई अर्को धारमा लैजानुपर्ने हुन्छ। त्यसका लागि म हाइ ममी, बाइ ममी भन्ने रोलमा गर्न रेडी थिइनँ। ग्ल्यामरस हिरोइनको छाप ममा छ, त्यसलाई कायम गर्नुपर्ने बाध्यता मलाई छ। करिश्मा मानन्धरले कहिल्यै पनि बेस्ट नायिका भनेर अवार्ड पाएन। यत्रो लामो करिअर भयो, कहिल्यै पनि पाएन। ।’
त्यस्तै, अग्रज कलाकार नीर शाहले समाजलाई परिवर्तन गर्न चलचित्रको माध्यमबाट परिवर्तन गर्नका लागि यो चलचित्र आवश्यक रहेको बताए।
सरोज खनाल निर्देशित चलचित्र बगान आगामी फागुन १२ गतेबाट देशभर प्रदर्शनमा आउँदैछ।