काठमाडौं - ग्लोबल आईएमई बैंक लिमिटेडले ५ वर्षे अवधिको ‘११.२५ ग्लोबल आइएमई बैंक डिबेन्चर २०८४/८५’ निस्कासन गरी बिक्री खुला गरेको छ ।
बैंकले ५ अर्ब रुपैयाँ बराबरको १ हजार रुपैयाँ प्रति ऋणपत्र अंकित मूल्यका ५० लाख कित्ता ऋणपत्र आइतबारदेखि निस्कासन गरेको हो । निस्कासन गरिएको कुल ऋणपत्रमध्ये ६० प्रतिशत अर्थात ३ अर्ब रुपैयाँ बराबरको ३० लाख कित्ता ऋणपत्र व्यक्तिगत तवरबाट बिक्री गर्नेछ भने बाँकी २ अर्ब रुपैयाँ बराबरको २० लाख कित्ता ऋणपत्र सर्वसाधारणलाई बिक्री गर्नेछ ।
सर्वसाधारणलाई निस्कासन गरिएको ऋणपत्रमध्ये ५ प्रतिशत अर्थात १ लाख कित्ता सामूहिक लगानी कोषका लागि छुट्याइएको थियो । जसमध्ये बिक्री हुन बाँकी ३० हजार कित्ता पनि सर्वसाधारणलाई बिक्री गरिनेछ । सर्वसाधारणले १९ लाख ३० हजार कित्ता ऋणपत्र खरिद गर्न सक्नेछन ।
बैंकले जारी गरेको ऋणपत्रमा न्यूनतम २५ कित्तादेखि अधिकतम १० लाख कित्तासम्म आवेदन दिन सकिने छ । ऋणपत्र निस्कासन तथा बिक्री छिटोमा ३ फागुन र ढिलोमा १४ फागुनसम्म बन्द हुने गरी तोकिएको बैंकले जनाएको छ ।