×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ : रवि लामिछाने

जुनसुकै भ्रष्ट्राचारको घटनाविरुद्ध निर्मम भएर लाग्नेछौँ : रवि लामिछाने

काठमाडौँ- उपप्रधानमन्त्री एवं गृहमन्त्रीसमेत रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति एवं संसदीय दलका नेता रवि लामिछानेले आफूहरुले पाएको मत आशाको मत भएको बताएका छन् । उनले प्रतिनिधिसभाको पहिलो बैठकमा सम्बोधन गर्दै यस्तो बताएका हुन् । 

उनले आफूहरुलाई जनताले दिएको आशाको मतलाई खेर जान नदिने बताए । सुशासन र जनजीविकासका सवालमा काम गर्ने उनले बताए । उनले नयाँ सरकारले न्युनतम साझा कार्यक्रममार्फत कुनै पनि कालखण्डमा भएका भ्रष्टाचारको निर्मम अनुसन्धान गरी दोषीलाई कारवाहीको दायरामा ल्याउन सक्षम हुने बताए ।

सरकारका प्राथमिकतालाई मध्यनजर गर्दै उनले आफूले सम्हालेको मन्त्रालयबाट आम नेपालीको आम जीवनमा सकारात्मक लाभ मिल्ने गरी काम सुरु गरिसकेको बताए ।

नेताहरुले देश र जनताको समस्या हल गर्नुपर्नेमा आफ्नै समस्यामा अल्झिएकोले समस्या भएको बताए । उनले भ्रष्टाचारको अनुसन्धान गरी दोषी पत्ता लगाउने र कारवाही गर्ने कार्यमा सहयोग गर्न सबैलाई आग्रह गर्दै उनले भ्रष्टाचारमा दोषी ठहरहुनेहरुलाई उम्काउन वा जोगाउन कसैले पनि राजनीतिक नेतृत्वलाई दबाब नदिन पनि उनले आग्रह गरे ।

एउटा राजनीतिक दलले अर्को राजनीतिक दललाई सरकार बनाउनका लागि मात्रै विश्वासको गठबन्धन नगरेको भन्दै उनले जनतालाई हिसाब बुझाउन गठबन्धन गरेको बताए ।

आफू र आफ्नो पार्टीबाट आफ्नो कर्तव्य पूरा गर्न कहिँ कतै चुके पदमा बसिनरहने समेत उनले बाचा गरे । सरकारको कार्यकाल पूर्ण रुपमा सफल हुने आशासमेत उनले व्यक्त गरे ।

प्रतिकृया दिनुहोस्