बैतडी - बैतडीको पञ्चेश्वरमा जारी अन्तरपालिका स्तरिय भलिबल प्रतियोगिताको उपाधि मेलौली नगरपालिकाले जितेको छ । आज भएको फाइनलखेलमा सिगासलाई ३–२ को सेटले पराजीत गर्दै मेलौलीले उपाधि उचालेको हो ।
उपाधि जितेसँग मेलौलीले १ लाख १० हजार १ सय १ रुपैया नगत सहित ट्रफी मेडल र प्रमाण्पत्र प्राप्त गरेको छ । सिगासले ७५ हजार १ सय १ रुपैया कप मेडल र प्रमाणपत्रमा चित्त बुझाएको छ ।
मेलौली दशरथचन्द नगरपालिकालाई हराएर फाइनलमा प्रबेश गरेको हो भने सिगास पञ्चेश्वर गाउँपालिकालाई हराउदै फाइनलका लागि स्थान सुरक्षीत गरेको हो ।
यसैगरी मेलौली नगरपालिकासँग पराजित भएको दशरथचन्द नगरपालिका तृतिय भएको छ । उसले तृतीका स्थानका लागि पञ्चेश्वर गाउँपालिकासँग भिडन्त गरेको थियो । पञ्चेश्वर गाउपालिकालाई दुई एकको सेटमा हराउदै तृतीय भएको हो । पहिलो सेट १७–२५ ले पञ्चेश्वरले जितेको थियो । दोश्रो खेल दनपाले २१–२५ र तेश्रो पनि दनपाले १५–२५ जित निकाल्दै तृतिय स्थान सुरक्षीत गरेको हो । तृतीय स्थान हासिल गरेको दनपाले ५० हजार १ सय १ रुपैया, ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ भने सान्तोना स्थान हासिल गरेको पञ्चेश्वर ए ले ३० हजार १ सय १ रुपैया ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
यहि पुस ५ गते बाट जारी प्रतियोगितामा १० वटा टिमको सहभागिता रहेको थियो ।
पञ्चेश्वर गाउँपालिकाको आयोजनामा भएको यो प्रतियोगिता जिल्लाकै ठुलो धनरासीको भएको दाबी गरिएको छ ।