×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

एमालेका पूर्व सांसद इच्छाराजले ७१ करोड ठगी गरेको खुलासा, ११ कर्मचारी समेत पक्राउ

एमालेका पूर्व सांसद इच्छाराजले ७१ करोड ठगी गरेको खुलासा, ११ कर्मचारी समेत पक्राउ

काठमाडौं- नेकपा (एमाले)को पूर्व सांसद समेत रहेको इच्छाराज तामाङ अध्यक्ष रहेको सिभिल ग्रुपको ठगीका विरुद्ध उजुरी दिनेहरु बढेका छन् । यसरी उजुरीकर्ता बढेपछि सिभिल सेभिङ एण्ड क्रेडिट को–अपरेटिभ लिमिटेडमा एक सय ३७ निक्षेपकर्ताको करिब ७१ करोड रुपैयाँ ठगी गरेको खुलेको हो ।

निक्षेपकर्ताको उजुरीका आधारमा नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्युरोको टोलीले उक्त ग्रुपका अध्यक्ष तथा पूर्व सांसद तामाङसहित १२ जनालाई पक्राउ गरेपछि ७० करोड ८७ लाख १३ हजार आठ सय २१ रुपैयाँ हिनामिना भएको खुलेको छ ।

पक्राउ परेकाहरूलाई ब्युरोले मंगलबार सार्वजनिक गरेको छ । ‘सर्वसाधारणको बचतको ठूलो हिस्सा सहकारी ऐन, २०७४ र सहकारी नियमावली, २०७५ को प्रावधान विपरित एकै ब्यक्ति संस्थापक रहेको बिभिन्न परियोजनाहरूमा लगानी गरेको र उक्त लगानीबाट प्राप्त लाभ चरम बेथितिका कारण संस्थाले प्राप्त गर्न नसकी उक्त को–अपरेटिभ जोखिममा रहेको पाईएको छ’ ब्युरोले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।

उक्त रकम तामाङले नै प्रयोग गरेको ब्युरोले जनाएको छ । उक्त सहकारी संस्थाबाट कर्जा लगानी गरिएका बिभिन्न परियोजनाहरूबाट निर्माण गरिएका संरचनाहरू बिक्री गर्दा प्राप्त रकम सहकारी संस्थामा नबुझाई विदेशी मुलुकमा समेत लगि सम्पत्ति सुद्धीकरणको कसुर गरेको हुनसक्ने ब्युरोले जनाएको छ । पक्राउ परेकाहरूविरुद्ध संगठित रुपमा सहकारी ठगी गरेको आरोपमा आवश्यक कानुनी कारबाही भईरहेको ब्युरोले जनाएको छ ।

 

पक्राउ पर्नेहरू :

१. इच्छाराज तामाङ
जिल्ला काठमाडौं, कीर्तिपुर ट्याङलाफाँट
वर्ष ५७
पद : सिभिल सेभिङ एण्ड क्रेडिट को९अपरेटिभ लिमिटेडका पूर्व अध्यक्ष, पूर्व सभासद एवं सिभिल बैंकमा अध्यक्ष

२. केशवलाल श्रेष्ठ
ठेगाना : काठमाडौं महानगरपालिका–१६
वर्ष : ६२
पद : संचालक समितिको अध्यक्ष

३. भगवान बहादुर सिंह
ठेगाना : काठमाडौं महानगरपालिका९१२
वर्ष : ६२
पद : सहजकर्ता प्रबन्धक

४. मायोनानी महर्जन
ठेगाना : कीर्तिपुर नगरपालिका९९
वर्ष : ५०
पद : जुनियर असिसटेन्ट मेनेजर
५। एलिना तुलाधर
ठेगाना : भक्तपुर नगरपालिक९११
वर्ष : ४४
पद : जुनियर असिसटेन्ट मेनेजर

६. शंकर प्रसाद पाठक
ठेगाना : झापा साविक अर्जुनधारा गाविस९९
वर्ष : ४५
पद : जुनियर अधिकृत

७. संगित श्रेष्ठ
ठेगाना : काभ्रे साविक गोकुले गाविस९५
वर्ष : २५
पद : असिसटेन्ट

८. राकेश महर्जन
ठेगाना : कीर्तिपुर नगरपालिका९९
वर्ष : ३३
पद : लेखा अधिकृत

९. बुद्धराज तामाङ
ठेगाना : सिन्धुली दुधौली नगरपालिका ९७ हाल काठमाडौं
बूढानीलकण्ठ नगरपालिका९६
वर्ष : ४०
पद : जनियर साहयक प्रबन्धक

१०. कौस्तुभ केतन ढुंगाना
ठेगाना : काठमाण्डौं बूढानीलकण्ठ नगरपालिका९६
वर्ष : ३७
पद : जुनियर सहायक प्रबन्धक
११. विजयविक्रम शाह
ठेगाना : नुवाकोट विदुर नगरपालिका९२
वर्ष : ४३
पद : सिभिल होम्सका वरिष्ठ प्रबन्धक

१२. हरिहर लामिछाने
ठेगाना : मकवानपुर चित्तलाङ ९८ घर भई हाल कलंकी
वर्ष : ४६
पद : पूर्व लेखा समिति सदस्य

प्रतिकृया दिनुहोस्