काठमाडौं । देशैभर एकैचाेटी सम्पन्न भएकाे नेपाल पत्रकार महासंघको निर्वाचनमा नेपाली कांग्रेस निकट प्रेस युनियन सहितका लाेकतान्त्रिक प्यानलका अध्यक्षका उम्मेदवार विपुल पोखरेलले जित्ने सम्भावना बढेर गएकाे छ । पहिलाेचाेटी भएकाे प्रत्यक्ष निर्वाचनवाट देशैभर भएकाे मतदानपछि भएको मतगणनामा पोखरेल प्रतिद्दन्दीसगँ फराकिलो मतसहित अगाडि देखिएकै कारण जित्ने सम्भावना बढेर गएकाे हाे ।
पोखरेललाई प्रधानमन्त्री खड्गप्रसाद ओली नेतृत्वको एमाले निकटको प्रेस चौतारीबाट अध्यक्षमा उम्मेदवार बनेकी निर्मला शर्माले पछ्याइरहेकी छिन् । शर्मा निकै पछाडि छिन् ।अध्यक्षका अर्का उम्मेदवार गजेन्द्र बुढाथोकी निकै पछाडि छन् ।
पत्रकार महासंघको निर्वाचनमा केन्द्रीय कार्यसमितिमा अध्यक्षसहित अधिकांश पदमा कांग्रेस निकटको प्रेस युनियनले जित्दैछ । पछिल्लो अनौपचारिक परिणामअनुसार कांग्रेस निकटका अधिकांश उम्मेदवारले जितेका छन् । जिल्ला अध्यक्ष र प्रतिष्ठानहरूमा पनि प्रेस युनियनले जितेको छ ।
यस पटक प्रेस युनियनले कहिल्यै पनि अध्यक्ष जित्न नसकेका जिल्लाहरूमा पनि कब्जा जमाएको छ । कम्युनिस्टहरूले सधैँ जित्दै आएका जिल्ला र प्रतिष्ठानमा कांग्रेस निकटका प्रेस युनियनले जितेको छ ।