×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

टी-२० ग्लोबल क्रिकेट छनोट : क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य

टी-२०  ग्लोबल क्रिकेट छनोट : क्यानाडाद्धारा नेपाललाई ८१ रनको लक्ष्य

काठमाडौं - क्यानडाले नेपाललाई ८१ रनकाे लक्ष्य दिएकाे छ। ओमानको अल अमेरात क्रिकेट मैदानमा टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गरेकाे क्यानडाले १५ ओभरमा अलआउट हुँदै ८० रन जाेड्याे।

आइसिसी पुरुष टी–ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत साेमबार क्यानडा विरुद्धको खेलमा नेपालकाे उत्कृष्ट बलिङ र फिल्डिङका अगाडि क्यानडाका कुनै पनि ब्याट्सम्यान चल्न सकेनन्।

नेपालका लागि कमलसिंह ऐरीले २, कप्तान सन्दीप लामाछानेले ३, अविनाश बाेहाेराले २ र कुशल मल्लले १ विकेट लिए । कप्तान लामिछानेले ४ ओभरमा १२ रन खर्चेर ३ विकेट लिए। लामिछानले क्यानडाका हमजा तारिक, कलीम साना र जुनैद सिद्दिकीलाई आउट गरे।

कमलसिंह ऐरीले ३ ओभरमा १६ रन खर्चेर २ विकेट लिए । ऐरीले पहिलो ओभरको पाँचौँ बलमा क्यानडाका म्याथ्यू स्पोर्सलाई शून्य रनमा पेभेलिएन फर्काए। ऐरीले फ्यालेको बल छक्का हान्न खोज्दा मिड विकेटमा बसेका कुशल भुर्तेलले क्याच गरे। त्यस्तै, ऐरीले नै अर्को विकेट लिँदै क्यानडाका कप्तान नवनीत धालिवाललाई पनि खेलबाहिर पारिदिएका थिए।

क्यानडाका कप्तान नवनीत धालिवालले १४ बलमा १८ , रायन पठानले ११ बलमा १४ र डिलन हेलिगरले २२ बलमा २४ रन बनाए। 

नेपाली टोली :

सन्दीप लामिछाने, कुशल भुर्तेल, आशिफ शेख, ज्ञानेन्द्र मल्ल, दिपेन्द्रसिंह ऐरी, आरिफ शेख, लोकेश बम, कुशल मल्ल , कमल सिंह ऐरी, अविनाश बोहरा र जितेन्द्र मुखिया।

प्रतिकृया दिनुहोस्