×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रदेश– १ ले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी (सूचनासहित)

प्रदेश– १ ले माग्यो ठूलो संख्यामा प्राविधिक कर्मचारी (सूचनासहित)

काठमाडौं- प्रदेश लोक सेवा आयोग प्रदेश– १, विराटनगरले स्थानीय तहका लागि कर्मचारी माग गरेको छ । आज सार्वजनिक सूचना जारी गर्दै ठूलो संख्यामा कर्मचारीका लागि दरखास्त आह्वान गरेको हो ।

स्थानीय सरकारी सेवाका विभिन्न सेवा समूहका प्राविधिकतर्फका पदहरूमा खुला तथा समावेशी प्रतियोगितात्मक लिखित परीक्षाका लागि आवेदन आह्वान गरिएको हो । योग्यता पुगेका उमेदवारले पुस १० गतेसम्म दरखास्त दिनसक्ने छन् ।

अनलाइनमार्फत दरखास्त दिन सकिने आयोगले जनाएको छ । प्रतियोगितात्मक परीक्षाबाट छनोट भएका उमेदवारहरूको रोजाई प्राथमिकता क्रमअनुसार स्थानीय तह तोकी सिफारिस गरिने पनि आयोगले स्पष्ट पारेको छ । सिफारिस भएका उमेदवारलाई सम्बन्धित स्थानीय तहले नै स्थायी नियुक्ति दिनेछन्.

प्रतिकृया दिनुहोस्