सुर्खेत- सुर्खेतको वीरेन्द्रनगरमा ट्याक्टर दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । यस्तै तीन जना घाइते भएका छन् । आइतबार साढे १२ बजेको समयमा वीरेन्द्रनगर नगरपालिका ७ नागढुङ्गास्थित सुर्खेत दैलेख सडकखण्डमा भे २ त ११५७ नम्बरको ट्रयाक्टर दुर्घटनामा परेको प्रहरीले जनाएको छ ।
दैलेखबाट सुर्खेत आउँदै गरेको ट्रयाक्टर सुर्खेत वीरेन्द्रनगर–७ नागमोडमा अनियन्त्रित भइ दुर्घटनामा हुँदा महाबु गाउँपालिका– ५ दैलेखका २१ वर्षीय भुवन शाहीको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सुर्खेतले जनाएको छ ।
ट्रयाक्टर सडकभन्दा ५० मिटर तल खसेको छ । ट्रयाक्टरका सहचालकसहित अन्य तीन जना सवार सामान्य अवस्थामा रहेको प्रहरीले जनाएको छ । शाहीको मृत्यु भएको र अन्य तीनजना घाइतेहरुको कर्णाली प्रदेश अस्पतालमा उपचार भइरहेकाे प्रहरीले जनाएको छ ।
उनीहरूकाे हालको अवस्था सामान्य रहेको जनाइएको छ ।