काठमाडौं- नवौं राष्ट्रिय खेलकुदअन्तर्गत एथलेटिक्सको महिला लङजम्पमा त्रिभुवन आर्मी क्लबकी जयरानी थारुले राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितेकी छन् । पोखरा रंगशालामा मंगलबार जयरानीले ५.५८ मिटर जम्प गर्दै स्वर्ण जितेकी हुन् ।
यसअघि लुम्बिनीकी निशा चौधरीको नाममा ५.४७ मिटरको कीर्तिमान थियो । निशाले १२औं केन्द्रीय स्तरीय राष्ट्रपति रनिङ सिल्ड खेलकुद प्रतियोगितामा यो कीर्तिमान बनाएकी थिइन् । यसस्पर्धामा लुम्बिनीकी निशा चौधरीले ५.४९ मिटर जम्प गर्दै रजत तथाएपिएफकी शिला चौधरीले ५.३१ मिटर जम्प गर्दै कास्य हात पारे ।