×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

राष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

राष्ट्रपति र एमाले अध्यक्षबीच भेटवार्ता

काठमाडौँ- नेकपा (एमाले) का अध्यक्ष एवम् पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रपति विद्यादेवी भण्डारीलाई भेटेका छन् । बुधबार साँझ ८ बजे शीतलनिवास छिरेका ओलीले त्यहाँ २ घण्टा बिताएको श्रोतले बताएको छ ।

राष्ट्रपति–ओलीबीच समसामयिक राजनीतिक विषयमा छलफल भएको श्रोत बताउँछन् । ‘उहाँहरूबीच समसामयिक राजनीतिक विषयमा छलफल भयो,’ श्रोतले भन्यो, ‘यही विषय भन्नेबारे जानकारी छैन ।’ ओली राति १० बजे शीतलनिवासबाट बाहिरिएका थिए । गत असार २८ गतेबाट पदबाट बाहिरिएपछि ओलीले साउन ८ गते राष्ट्रपतिसँग भेट गरेका थिए ।

यसपछि दोस्रो पटक ओलीले गएराति भेटेका हुन् । पछिल्लो समय ओलीले राष्ट्रपतिसँग राजनीतिक सर–सल्लाह गर्दै आएका छन् । एमालेकै कोटाबाट राष्ट्रपति बनेकी भण्डारीसँग ओलीले पार्टीकेन्द्रित परामर्शसमेत लिँदै आएका छन् ।

प्रतिकृया दिनुहोस्