×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

राप्रपा राष्ट्रिय पार्टीमा पुनरागमन

काठमाडौं - संसदमा राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) राष्ट्रिय पार्टीको रुपमा पुनरागमन भएको छ । २०७४ को प्रतिनिधि सभाको निर्वाचनमा १ सिट मात्र ल्याएको राप्रपाले यसपटक प्रत्यक्षतर्फ ७ सिटमा विजयी भइसकेको छ भने राष्ट्रिय पार्टी बन्ने निश्चित भएको छ ।
 राप्रपाले अहिलेसम्म समानुपातिकतर्फ ५ लाख १६ हजार मत कटाइसकेको छ । यस हिसाबबाट समानुपातिकमा राप्रपाले ७ देखि ८ सिट पाउने निश्चित भएको छ । २०७४ को निर्वाचनमा राप्रपा राष्ट्रिय पार्टीको रूपमा स्थापित भएन । राप्रपाबाट राजेन्द्र लिङ्देन मात्र संसद्मा विजयी भएका थिए ।
 त्यतिबेला राप्रपा ३ वटा पार्टीको रूपमा विभाजित भएको थियो । कमल थापाले नेतृत्व गरेको राप्रपा, पशुपति शमशेर राणाले नेतृत्व गरेको राप्रपा (प्रजातान्त्रिक) तथा डा. प्रकाशचन्द्र लोहनीले नेतृत्व गरेको एकीकृत राप्रपा (राष्ट्रवादी) छुट्टाछुट्टै पार्टीको रूपमा चुनावमा होमिएका थिए । त्यतिबेला राप्रपाबाट लिङ्देन मात्र विजयी भएका थिए । आजकोनागरिक दैनिकमा समाचार छ ।

प्रतिकृया दिनुहोस्