×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

वीरगञ्जदेखी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने

वीरगञ्जदेखी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने

काठमाडौँ - वीरगञ्ज महानगरपालिका–२ का शेख मुन्नाले यहाँबाट भारतको राजधानी नयाँदिल्लीसम्म पैदलयात्रा गर्ने भएका छन् । वीरगञ्जदेखी नयाँदिल्लीसम्मको लम्वाई एक हजार ६० किलो मिटर रहको छ ।

पैदलयात्रा यही साउन २१ गते शनिबार बिहान ७ बजे वीरगञ्जको घण्टाघरबाट प्रारम्भ हुने छ । वीरगञ्जबाट भारतको बिहारको रक्सौल, नरकटियागञ्ज, रामनगर, बगाहा हुँदै उत्तरप्रदेश तथा  गाजियावाद, बुलंदशहर, गाजियवाद हुँदै दिल्ली पुगेर पैदलयात्रा पूरा गर्ने लक्ष्य उनले राखेका छन् ।

नेपालको पर्यटन प्रवद्र्धन तथा दुई देशबीचको सम्बन्धलाई अझै बलियो बनाउने उद्देश्यका साथ आफूले पैदलयात्रा गर्न लागेको उनले जानकारी दिएका छन् । यसका लागि भारु दुई लाख खर्च लाग्ने बताइएको छ ।

प्रतिकृया दिनुहोस्