×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

राजनीति

गण्डकी प्रदेश : पार्टी विभाजनको विरोधमा प्रदेश सांसद सापकोटा

गण्डकी प्रदेश : पार्टी विभाजनको विरोधमा प्रदेश सांसद सापकोटा

पोखरा । यसअघि नेकपा एमालेका माधवकुमार नेपाल समूहमा गणना गरिएका गण्डकी प्रदेशसभाका सांसद ईन्द्रलाल सापकोटाले नेपाल समूहलाई साथ नदिने संकेत गरेका छन् ।

मकालुखबरसँग कुरा गर्दै उनले आफू फुटको पक्षमा नरहेको बताएका हुन् । ‘म फुटलाई समर्थन गर्ने पक्षमा छैन । यो अत्यधिक दुःखद अवस्था आयो,’ उनले भने, ‘मेरो धारणा केहि दिनमा औपचारिक रुपमै सार्वजनिक गर्छु । तर‚ म फुटको विल्कुल विरोधी हुँ ।’

उनले पार्टीभित्र आन्तरिक रुपमै बहस गर्न सुझाएका थिए । उनी माधव समूहका प्रभावशाली नेता हुन् । समूह नमिलेकै कारण प्रदेशमा उनले अवसर पाएका थिएनन् । उनी बागलुङ जिल्ला कमिटी अध्यक्ष पनि हुन् । सापकोटा ओली समूहमै रहे माधव पक्षलाई ठूलो धक्का लाग्नेछ ।

 
 

प्रतिकृया दिनुहोस्