×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

डिजेल र मट्टितेलमा भारी मूल्य वृद्धि: प्रतिलिटर ३० रुपैयाँले बढ्यो

डिजेल र मट्टितेलमा भारी मूल्य वृद्धि: प्रतिलिटर ३० रुपैयाँले बढ्यो

काठमाडौं - महँगीको मारमा रहेका उपभोक्तालाई थप भार थप्दै नेपाल आयल निगमले पेट्रोलियम पदार्थको मूल्यमा भारी वृद्धि गरेको छ।

निगमले बुधबार एक प्रेस विज्ञप्ति जारी गर्दै डिजेल, मट्टितेल र आन्तरिक हवाई इन्धनको मूल्य बढेको जानकारी दिएको हो।

नयाँ दररेट बिहीबार बिहान १२ बजेदेखि लागू हुने निगमले जनाएको छ।

कति बढ्यो मूल्य?

निगमको निर्णय अनुसार इन्धनको मूल्यमा निम्न बमोजिम हेरफेर गरिएको छ:

डिजेल र मट्टितेल: प्रतिलिटर ३० रुपैयाँ वृद्धि।

आन्तरिक हवाई इन्धन: प्रतिलिटर ५ रुपैयाँ वृद्धि।

पेट्रोल: मूल्य यथावत् (कुनै परिवर्तन नगरिएको)।

 

प्रतिकृया दिनुहोस्