×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आर्सनल पुनः लिगको शीर्ष स्थानमा

आर्सनल पुनः लिगको शीर्ष स्थानमा

काठमाडौँ- आर्सनल पुनः इंग्लिस प्रिमियर लिगको शीर्ष स्थानमा उक्लिएको छ । आइतबार राति भएको खेलमा लिभरपुललाई ३-२ गोलअन्तरले पराजित गर्दै आर्सनले लिगको शीर्ष स्थानमा उक्लिएको हो ।

आर्सनलको जितमा बुकायो साकाले दुई तथा गाब्रियल मार्टिनेलीले एक गोल गरे । लिभरपुलका लागि डार्विन नुनेज र रोबर्टो फर्मिनोले एक-एक गोल गरे । जितसँगै आर्सनलले ९ खेलबाट २४ अंक जोड्दै तालिकाको शीर्षस्थानमा उक्लिएको छ । यता ९ खेलबाट २३ अंक जोडेको म्यानचेस्टर सिटी भने दोस्रो स्थानमा झरेको छ । लिभरपुल भने ८ खेलबाट १० अंक जोड्दै १० औँ स्थानमा रहेको छ ।

प्रतिकृया दिनुहोस्