×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको चेतावनी

आचारसंहिता उल्लंघन गरे उम्मेदवारी खारेज गर्ने निर्वाचन आयोगको चेतावनी

काठमाडौँ- आचार संहिता विपरीत पोष्टर, भित्ते लेखन, तुल, ब्यानर, डिजिटल डिस्प्ले राखेको पाइएमा निर्वाचन आयोगले कारबाही गर्ने चेतावनी दिएको छ । 

सोमबार प्रवक्ता तथा सहसचिव शालिग्राम शर्मा पौडेलले एक विज्ञप्ति जारी गर्दै आचारसंहिताको कार्यान्वयन नगर्नेको उम्मेदवारी रद्द गरिदिने चेतावनी दिएका हुन् । आचार संहिता विपरीत यस्ता कामहरू भइरहेको भन्ने गुनासो आएपछि आयोगले विज्ञप्ति जारी गरेको हो । नियम विपरित उक्त कार्य गर्नेलाई एक लाख सम्म जरिवाना वा उम्मेदवारी समेत रद्द गर्ने आयोगले जनाएको छ ।

प्रतिकृया दिनुहोस्