दमक - झापाको मेचीनगरमा आगलागी नियन्त्रणमा लिने क्रममा सिलिन्डर विस्फोट हुँदा एक जनाको मृत्यु भएको छ । १२ जना घाइते भएका छन् ।
मृत्यु हुनेमा मेचीनगर–८ का ४५ वर्षीय सारद राजवंशी रहेका छन् । उनलाई उपचारको लागी एन्जल मेडिकल धुलाबारी पुर्याउन साथ मृत्यु भएको प्रहरीले जानकारी दिएको छ ।
गएराति मेचीनगर–७ पिपल चोक बस्ने केशव पाठकको १ तले घरमा कोही नभएको अवस्थामा अचानक आगलागी भएको थियो । आगो निभाउने क्रममा उक्त घरमा रहेको ग्यास सिलिण्डर विष्फोट भएको थियो ।
दमकल, प्रहरी र स्थानीयको सहयोगमा एक घण्टापछि आगलागी पूर्ण रूपमा नियन्त्रणमा आएको प्रहरी नायब उपरीक्षक वसन्त पाठकले जानकारी दिनुभयो ।