×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष कट्टेललाई

नेपाल कम्युनिष्ट पार्टीले निकाल्यो अध्यक्ष कट्टेललाई

काठमाडौँ- नेपाल कम्युनिस्ट पार्टीका अध्यक्ष ऋषि कट्टेल पार्टीबाट निष्कासित भएका छन् । नेकपा माओवादी केन्द्र र नेकपा एमाले मिलेर बनेको नेकपा सर्वोच्च अदालतबाट भङ्ग गराउने हतियार बनेको नेकपाका अध्यक्ष कट्टेल आफ्नै पार्टीबाट निष्कासित भएका हुन् ।

पार्टीको हितविपरीत काम गरेको आरोप लगाउँदै उक्त पार्टीका कार्यवाहक अध्यक्ष तथा एकताको राष्ट्रिय सम्मेलन तयारी समितिका संयोजक लोकनारायण सुवेदीले साधारण सदस्य समेत नरहने गरी कट्टेललाई पार्टीबाट निकालिएको जानकारी दिएका छन् । सुवेदीले जारी गरेको विज्ञप्तिमा दलको विधान २०६९, राजनीतिक दलसम्बन्धी ऐन २०७३ र नेपालको संविधान विपरीत कट्टेलले दलको अहितमा काम गरेको र त्यसका लागि जाँचबुझ गर्न गठन गरिएको समितिको सिफारिसका आधारमा उनलाई निष्कासन गरिएको उल्लेख छ ।

नेपाल कम्युनिस्ट पार्टीको केन्द्रीय समिति बैठकले यही माघ ५ गते जाँचबुझ समिति गठन गरी अध्यक्ष कट्टेलसँग स्पष्टीकरण मागेको थियो। तर उनले स्पष्टीकरण दिएनन् । उनै कट्टेलले आफ्नो पार्टी ९नेकपा० सँग नाम जुधाएर निर्वाचन आयोगमा दल दर्ता गरिएको भन्दै सर्वोच्च अदालत हालेको मुद्दामा फैसला हुँदा उनको पार्टीलाई वैधानिकता दिँदै एमाले र माओवादी केन्द्र मिलेर बनेको नेकपा भङ्ग गरिएको थियो ।

प्रतिकृया दिनुहोस्