×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

प्रचण्ड र विप्लव समूहका नेताबीच भेटवार्ता, संयुक्त सरकार र जनमत संग्रहका विषयमा छलफल

प्रचण्ड र विप्लव समूहका नेताबीच भेटवार्ता, संयुक्त सरकार र जनमत संग्रहका विषयमा छलफल

नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेपाल कम्युनिस्ट पार्टी (विप्लव समूह) का नेताहरुबीच शनिबार साँझ छलफल भएको छ । 

माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड र विप्लव समूहका नेता कञ्चन र दीपकबीच छलफल भएको बताइएको छ । भेटका क्रममा पछिल्लो राजनीतिक अवस्था, विघटित अवस्थामा पुगेको संसदीय व्यवस्थाका विषयमा समीक्षा गर्नुपर्ने विषयमा छलफल भएको बताइएको छ । 

यससँगै नेपाल कम्युनिष्ट पार्टीले अहिलेको गतिरोध अन्त्यका लागि प्रगतिशील संयुक्त सरकार, जनमत संग्रह र वैज्ञानिक समाजवाद लगायतका विषयहरुमा कुराकानी भएकोसमेत बताइएको छ । 

करिब दुई वर्षदेखि भूमिगत रहेको विप्लव समूहले ०७७ फागनु २१ गतेदेखि शान्तिपूर्ण राजनीतिमा प्रवेश गरेको थियो । विप्लव समूह संसदीय व्यवस्थाको विकल्पको लागि जनमत संग्रह गर्नुपर्ने तर्क गर्दै आएको छ । 

प्रतिकृया दिनुहोस्