×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

३ अर्ब को सम्पति कि मालिक जया

३ अर्ब को सम्पति कि मालिक जया

काठमाडौं- बलिउडकी चर्चित अभिनेत्री जया बच्चनको ९ अक्टूबर १९७८ मा जन्म भएको हो । आइतबार जय ७५ औँ जन्मदिन मनाउँदै छिन् । जयाले सन् १९७१ मा रिलिज भएको फिल्म गुड्डीबाट सिने करियर शुरु गरेको थिइन् ।

जया अमिताभ बच्चनकी श्रीमती हुन् ।  अमिताभ सन् १९७३ मा जया बच्चनसँग विवाह बन्धनमा बाँधिएका थिए । फिल्म जन्जिरपछि अमिताभ र जयाको प्रेम कहानी शुरु भएको थियो । अमिताभ विवाहअघि केही समय बिताउन चाहन्थे तर पिताको आज्ञालाई मान्दै उनले जयासँग छिटै नै विवाह गरेका थिए ।

जया बच्चनको जन्म ९ अप्रिल १९४८ मा जबलपुरको बङ्गाली परिवारमा भएको थियो । उनको पूरा नाम जया भादुरी बच्चन हो। जया बच्चन पढाइमा पनि टपर थिइन् र त्यो अवधिमा जया बच्चन ती अभिनेत्री मध्येकी एक थिइन् जसले अभिनयको पढाई गरेकी थिइन् । उनले फिल्म एण्ड टेलिभिजन इन्स्टिच्युट अफ इन्डिया, पुणेमा अभिनय सिकिन् र त्यहाँ पनि स्वर्ण पदक पाइन् । यसअघि उनले भोपालमा पढेकी थिइन् र त्यहाँ पनि टप गरेकी थिइन् ।

जया पति अमिताभ बच्चनभन्दा सम्पत्तिको हिसाबले धनी छिन् ।  राज्यसभा चुनावका क्रममा जयाले दिएको जानकारी अनुसार जया र अमिताभ  बच्चनसँग १६ अर्ब नेपाली रुपैयाँभन्दा बढीको सम्पत्ति छ । जुन १६०० करोड भन्दा बढी हो। जयासँग ३ अर्ब १६ करोडको सम्पत्ति छ भने अमिताभ बच्चनसँग १२ अर्ब ६४ करोडको सम्पत्ति छ । दम्पतीको नाममा लन्डन, दुबई र पेरिसमा बैङ्क खाता छ । बच्चन परिवारको देश र विदेशमा जम्मा १९ वटा बैङ्क खाता छन् । शपथ पत्रमा उनले आफ्नो नाममा बैङ्क तथा विभिन्न वित्तीय संस्थाबाट १२४ करोड रुपैयाँ ऋण रहेको बताएकी थिइन् ।

प्रतिकृया दिनुहोस्