×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

मनोरञ्जन

तमिल फिल्मका निर्देशक जीएन रंगराजनको निधन

तमिल फिल्मका निर्देशक जीएन रंगराजनको निधन

एजेन्सी। तमिल फिल्मका वरिष्ठ निर्देशक जीएन रंगराजनको निधन भएको छ । ९० वर्षीय जीएनको निधनको समाचार उनका छोरा फिल्म निर्देशक जीएनआर कुमारावेलनले बाहिर सार्वजनिक हुन् । जीएनको निधन बिहीबार बिहानै भएको हो । उनमा उमेरसँगै आउने समस्याहरु थियो । जीएनआर कुमारावेलनले बुबाको तस्बिर सामाजिक सञ्जालमा पोष्ट गर्दै लेखेका छन् ‘मेरो बुबा, मेरो प्रेम आज बिहान ८: ४५ मा बित्नुभयो ।’

निर्देशकको निधनप्रति फिल्म उद्योगका स्टारलगायत थुप्रैले सामाजिक सञ्जालमा श्रद्धाञ्जली व्यक्त गरिरहेका छन् । जीएन रंगराजनले कमल हसनका साथ कयौं फिल्म गरेका छन् । महारसन, कल्यानारमन, एलम इनबामयम, कादल मीनगल, मुथु एनगल सोथु, पल्लबी मीनदम पल्लवी, अदुथातु अल्बर्टलगायत थुप्रै हिट छन् । कमल हासन र श्रीदेवी अभिनित सुपरहिट फिल्म ‘मीनदम कोकिला’बाट उनी सर्वत्र चिनिएका थिए

प्रतिकृया दिनुहोस्