×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

घनश्याम भुसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

घनश्याम भुसाललाई महासचिव बनाउने एकीकृत समाजवादीको तयारी

काठमाडौँ- नेकपा एकीकृत समाजवादीले हालै पार्टी प्रवेश गरेका नेता घनश्याम भुसाललाई महासचिवको जिम्मेवारी दिने भएको छ ।

एकीकृत समाजवादीका एक पदाधिकारीका अनुसार हालका महासचिव बेदुराम भुसाललाई उपाध्यक्ष बनाएर भुसाललाई महासचिव बनाउन लागिएको हो ।

यसको औपचारिक निर्णय भने २१-२२ माघमा बोलाइएको केन्द्रीय कमिटी बैठकबाट हुने छ । चुनावअघि एमाले त्यागेका भुसाल २९ पुसमा एकीकृत समाजवादीमा प्रवेश गरेका थिए ।

यसैबीच नेता बामदेव गौतमलाई पनि पार्टीमा भित्र्याउने प्रयास एकीकृत समाजवादीले गरेको छ । गौतमले यसबारे एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपाल लगायतसँग औपचारिक–अनौपचारिक संवाद गरिरहेका छन् ।

गौतमले केही सैद्धान्तिक विषयमा आफ्नो व्याख्या गर्दै दस्ताबेज एकीकृत समाजवादीलाई बुझाएका छन् । आफू एमाले नजाने र आफ्ना कुरा सम्बोधन भए एकीकृत समाजवादीमै आउने बचन गौतमले दिएको एक नेताले जानकारी दिए ।

गौतम पार्टीमा आए उनलाई वरिष्ठ उपाध्यक्ष पद दिने तयारी एकीकृत समाजवादीको छ । गौतम तत्कालीन नेपाल कम्युनिस्ट पार्टीमा पनि वरिष्ठ उपाध्यक्ष थिए ।

प्रतिकृया दिनुहोस्