×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’ को ट्रेलर सार्वजनिक

काठमाडौँ- अन्तरजातीय प्रेमको कथावस्तुमा आधारित चलचित्र ‘मानिस ठूलो दिलले हुन्छ’को ट्रेलर सार्वजनिक भएको छ । देवेन्द्र पाण्डे निर्देशित चलचित्रले दलित युवक र ब्राम्हण युवतीबीचको प्रेम, विवाह र त्यसपछि आउने सामाजिक उतारचढावको कथालाई पेश गर्छ । अभिनाश न्यौपाने र श्रेया कार्की प्रमुख भूमिकामा छन् । 

ट्रेलरले रुकुम चौरहजारी घटना प्रकरण सम्झाउँछ । उक्त घटनामा आठजना भेरी नदीमा बेपत्ता भएका थिए । भेरी नगरपालिका-४ का नवराज विक मल्ल थरकी युवतीसँग प्रेमविवाह गर्न जाजरकोटको भेरी नगरपालिका-४ मा १९ जनाको समूह लिएर गएका थिए ।

त्यसबेला केटी लाने पक्ष र केटाको पक्षबीच झडप भएको थियो । भाग्ने क्रममा नदीमा हामफालेका नवराजको शव नदीको बीचमा भेटिएको थियो । यही कथावस्तुबाट प्रभावित फिल्मको ट्रेलर मर्मस्पर्शी लाग्छ ।

सौरपानी मिडिया प्रालिको ब्यानरमा निर्माण भएको चलचित्रमा मोहन निरौला, उत्तम केसी, सुरु सुनुवार लगायतको अभिनय छ ।

प्रतिकृया दिनुहोस्