×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

समाचार

त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक विदा नदिने

त्रिभुवन विश्वविद्यालयले दुई दिन सार्वजनिक विदा नदिने

काठमाडौं-त्रिभुवन विश्वविद्यालय (त्रीवी )ले दुई दिन सार्वजनिक विदा नदिने निर्णय गरेको छ। त्रिवीको सूचना तथा जनसम्पर्क महाशाखाले आइतबार सूचना निकाल्दै विद्यार्थीको पठनपाठन र विश्व विद्यालयबाट प्रदान गरिने स्वास्थ्य सेवालगायत अन्य सेवालाई नियमित रुपमा सञ्चालन गर्ने जनाएको हो।

सूचनामा विश्वविद्यालयमा कोभिडको असरका कारणले शैक्षिक पात्रो ढिलो भएको, पठनपाठन र परीक्षाका तालिका पहिले नै निर्धारण भइसकेको हुँदा अर्को सूचना जारी नभएसम्म विश्वविद्यालयका सेवा सञ्चालन गर्ने उल्लेख छ।

मन्त्रिपरिषद्को वैशाख १३ गतेको निर्णय अनुसार गृह मन्त्रालयले वैशाख २६ गते नेपाल राजपत्रको सूचनामा हप्तामा दुई दिन सार्वजनिक विदा दिने निर्णय गरेको थियो।

प्रतिकृया दिनुहोस्