×
समाचार समाज पत्रपत्रिका मनोरञ्जन विश्व स्वास्थ्य अर्थ/वाणिज्य शिक्षा सम्पादकीय संस्कृति/संस्कार प्रदेश खेलकुद सूचना/प्रविधि पर्यटन इन्द्रेणी–विशेष

पत्रपत्रिका

निर्वाचन आयोगका कर्मचारीलाई पाँच महिनासम्म सत प्रतिशत भत्ता

निर्वाचन आयोगका कर्मचारीलाई पाँच महिनासम्म सत प्रतिशत भत्ता

काठमाडौं - निर्वाचन आयोगका कर्मचारीले निर्वाचन मिति घोषणा भएदेखि मतगणना सकिएको ३५ दिनसम्म थप सय प्रतिशत भत्ता बुझ्ने गरी आफैँले कानुन बनाएका छन् । यसबाट निर्वाचन हुँदा करिब पाँच महिनासम्म उनीहरूले यस्तो सुविधा पाउने गरेका छन् । गत भदौ ८ गते निर्वाचनमा खटिने कर्मचारी तथा सुरक्षाकर्मीको तलबभत्ता वा सेवासुविधा सम्बन्धमा आयोगले आन्तरिक रूपमा प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन सञ्चालन आर्थिक कार्यविधि, २०७९ पास गरेको थियो । 


उक्त कार्यविधिअनुसार निर्वाचनको कुनै काममा संलग्न आयुक्त आयोगको सचिवालय तथा निर्वाचन कार्यालयमा स्वीकृत दरबन्दीमा कार्यरत स्थायी तथा सेवा करार र काजमा संलग्न कर्मचारी, आयुक्तको सुविधामा कार्यरत कर्मचारी, आयुक्त निवासमा खटाइएका सुरक्षाकर्मी, आयुक्त तथा सचिवका निजी सुरक्षा अधिकारी (पिएसओ) र आयोगको मूलगेटमा खटिने नेपाल प्रहरीका १० जनासम्मले निर्वाचन सुविधा, खाजा खर्च तथा खाना खर्च पाउने व्यवस्था गरिएको छ । यसैगरी आयुक्त तथा आयोगको सचिवालयका कर्मचारीले निर्वाचन मिति घोषणा भएको मितिदेखि निर्वाचनको अन्तिम परिणाम प्रकाशन भएको मितिले ३५ दिनसम्म प्रतिमहिना सञ्चार सुविधा पाउने व्यवस्था पनि कार्यविधिमा गरिएको छ । यो खबर आजको नागरिक दैनिकमा प्रकाशित छ ।

प्रतिकृया दिनुहोस्