देउखुरी- दाङ जिल्लाको तुलसीपुर उपमहानगरपालिका–३ दमारगाउँका ३० वर्षीय गोकर्ण विकले दाङकै घोराही उपमहानगरपालिका–५ धर्नाकी २८ वर्षीया कल्पना विकसँग २०६४ सालमा मागी विवाह गर्नुभयो ।
विवाहको एक वर्षपछि छोरीको जन्म भयो । छोरी जन्मिएको केही समयपछि नै श्रीमान्–श्रीमतीबीच खटपट सुरु भयो । गोकर्णले कल्पनालाई घरछेउका छिमेकीको घरमा जाँदा पनि छिमेकीको छोरासँग लागेकी भनेर शङ्का गर्ने, छोरीलाई स्याहार नगरेको आरोप लगाउने गर्नुभयो ।