काठमाडौँ- निर्वाचन आयोगले सामान्य विवादकै आधारमा मतदान स्थगित नगर्न मतदान अधिकृतहरुलाई निर्देशन दिएको छ । सामाजिक सन्जाल फेसबुकमा निर्वाचन आयोगले एक स्टाटस लेख्दै यो निर्देशन दिएको हो ।
आयोगले स्थगित भएका स्थानहरुको मतदान कार्य तत्काल सुरु गर्न र साँझ ५ बजेसम्म स्थगित भएको सूचना नटाँस्न निर्देशन दिएको हो । पछिल्लो समय विभिन्न राजनीतिक दल, उम्मेदवार तथा निर्वाचन बहिस्कार गर्नेहरुका कारण केही ठाउँमा मतदान स्थगित भइरहेको छ ।
आयोगले फेसबुकमा लेखेको छ, ‘‘साँझ ५ बजेसम्म स्थगित भएको सूचना टाँस नगर्न निर्वाचन आयोगले सबै मतदान अधिकृतहरूलाई निर्देशन दिएको छ । स्थगित गर्नैपर्ने भए निर्वाचन आयोगको पूर्वसहमति लिनुपर्नेछ ।’